महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा (भिडियो सहित) « Khabarhub

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा (भिडियो सहित)


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरे ।

आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।

थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए ।

१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यतिबेला उनले आफ्नै ससुरा अर्जुननरसिंह केसी र बीपी पुत्र डा. शशांक कोइरालासँग प्रतिष्पर्धा गरेका थिए ।

त्यतिबेला उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर, यो पटक उनलाई महामन्त्रीको उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाको टिम र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको टिम तयार देखिन्छ ।

थापा मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका सबैभन्दा बलियो उम्मेदवार बन्ने विश्वास गरिएको छ । कांग्रेस विधानमा २ जना महामन्त्री हुने व्यवस्था छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ४८ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ