सत्तारुढ गठबन्धनबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति (भिडियाे सहित) | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति (भिडियाे सहित)

जयसिंह धामी प्रकरणबारे प्रधानमन्त्रीलाई अडान स्पष्ट पार्न आग्रह


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनका दलहरुबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सोमबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने चर्चाका बीच सोमबार बिहान सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।

बैठकले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने सहमति गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।

यस्तै बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले पनि मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताए ।

तर, मन्त्रालयबारे टुंगो भने नलागेको उनले बताए । उनका अनुसार शीर्ष नेताहरु फेरि बैठक बसेर मन्त्रालयबारे पनि टुंगो लगाउने छन्।

यस्तै बैठकमा गत साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका विषयमा पनि सत्तारुढ गठबन्धनमा छलफल भएको छ ।

सो प्रकण छानबिनका लागि गृह मन्त्रालयका सहसचिबको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सत्तारुढ दलको बैठकमा पनि यो विषयमा छलफल भएको हो । गठबन्धनका नेताहरुले यो प्रकरणमा आफ्नो अडान स्पष्ट पार्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ५९ बजे

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर