‘सगरमाथा म्युजिक अवार्ड’को तयारी « Khabarhub

‘सगरमाथा म्युजिक अवार्ड’को तयारी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ नेपालको आयोजनामा काठमाडौंमा ‘तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८’हुने भएको छ । अवार्डका लािग आयोजकले आवेदन खुल्ला गरेका छन् ।

आयोजकले कोभिडका कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायमान बनाउन अवार्ड गर्न लागिएको संस्थाका अध्यक्ष मनोज थापाले बताए । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय साहारा एपले सहकार्य गरेको छ ।

अवार्डमा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ । अवार्डमा राष्ट्रिय, फिल्म, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले आवेदन दिनसक्नेछन् ।

आयोजकका अनुसार अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : ०५ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,