विश्व ॐकार एकता महाअभियान सुरु « Khabarhub

विश्व ॐकार एकता महाअभियान सुरु


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ ।

नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउनमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ ।

समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले महाअभियान शुरु गरिएको मुख्य अभियानकर्मी डा चिन्तामणि योगीले बताए ।

महाअभियानले आज दक्षिणकाली नगरपालिका–१ ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना गरेको प्रार्थना सभालाई सम्बोधन गर्दै उनले संस्कार र संस्कृति जोगाउन महाअभियान शुरु गर्नुपरेको बताए ।

पूर्वस्वास्थ्य राज्यमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले धर्म र संस्कृति, राजनीतिभन्दा पनि ठूलो भएकाले आफू संस्थागतरुपमा यो अभियानमा सहभागी भएको जानकारी गराए ।

पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन हिन्दूराष्ट्र बनाउने वातावरणका लागि जनतामा चेतना जगाउनुपर्नेमा जोड दिए । जनतामा चेतना जागृत गराउन फाउन्डेसनले विश्व शान्ति र राष्ट्र शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक एवं हवन गरिरहेको जानकारी दिए ।

विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खनालले साउन ४ र ५ गते देवघाटमा सन्तबाट आशीर्वाद लिएर शुरु भएको महाअभियान पशुपतिनाथ, शिखको गुरुद्वारा, जैनभवनजस्ता धार्मिक संस्थामा प्रार्थनासभा गरिसकेको जानकारी दिए । अब गुम्बा, चैत्य, विहारजस्ता धार्मिक संस्थामा पनि यस्तै सभा गरी ॐकार परिवारलाई एकताको सूत्रमा गाँस्ने महाअभियानको मूल लक्ष्य रहेको उनले सुनाए ।

कार्यक्रममा किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, नेपाली काँग्रेसका नेता आनन्द सन्तोषी राईलगायतले आध्यात्मविनाको जीवन सार्थक नहुने भएकाले महाअभियानले नागरिकलाई आध्यात्मसँग जोड्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ३० बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री