राजलाई छोड्ने मनस्थितिमा शिल्पा « Khabarhub

राजलाई छोड्ने मनस्थितिमा शिल्पा


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– व्यापारी पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा फसेपछि अभिनेत्री शिल्पा शेठ्ठीले उनलाई छोड्ने मनस्थिति बनाएकी छन् । यो कुराको पुष्टि उनका नजिकका साथीले गरेका छन् ।

उनको एक साथीका अनुसार दुई सन्तानलाई सँगै लिएर राजलाई छोड्ने मनस्थिति शिल्पाले बनाएकी छन् । ‘राज कुन्द्रामाथिको समस्या दिनका दिन बढिरहेको छ । पति राज पोर्नोग्राफी मुद्धामा जोडिएपछि हामीलाई भन्दा बढी चिन्ता अहिले शिल्पालाई छ । शिल्पाले हिराहरु र घरको सम्पत्ति कुनै आपराधिक श्रोतबाट राजले पाए भन्ने सुराकी पाउन सकेकी छैनन्’, ती साथीले भनेकी छन् ।

शिल्पा आफ्ना सन्तानलाई पति राजले गलत शैलीबाट कमाएको सम्पत्तिबाट टाढा राख्न चाहिन्छन् । ‘शिल्पाले अब कुन्द्राको सम्पत्तिलाई कुनै पनि हालतमा नछुने अडान लिइसकेकी छन् । उनले रियालिटी शोबाट आफूलाई चाहिने पैसा कमाइसकेकी छन् । उनी फिल्मबाट स्थापित भइसकेकी छन् । त्यसकारण पनि फिल्म ‘हंगामा २’ र रिलिज नभएको ‘निकम्मा’ पछि अन्य फिल्ममा पनि जोडिन चाहेकी छन्’, शिल्पाकी साथीले भनेकी छन् ।

शिल्पालाई निर्देशक अनुराग बसु र प्रियादर्शनले आफ्नो फिल्ममा अभिनय गराउने वचनबद्धता व्यक्त गरिसकेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : २४ बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको