दिल्लीबाट फर्किएपछि नेता खनालले भने : कुनै कार्यकारी पद दाबी गर्दिनँ « Khabarhub

दिल्लीबाट फर्किएपछि नेता खनालले भने : कुनै कार्यकारी पद दाबी गर्दिनँ


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफू अब कुनै कार्यकारी पदमा नरहने बताएका छन् ।

स्वास्थ्यउपचारपछि सोमबार स्वदेश फर्किएका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सो कुरा बताएका हुन् । नेता खनालले आफू ७० वर्ष पार गरिसकेको बताउँदै कुनै कार्यकारी पदमा नरहने बताए ।  उनले भने, ‘म ७० वर्ष पुगिसक्या हुनाले कुनै कार्यकारीणी पोष्ट दाबी गर्दिन ।’

त्यस्तै आफ्नो बाँकी जीवन पार्टी निर्माणमा लगाउने बताए । नेता खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको समेत बताए ।

खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्यकता छैन ।’

दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौंला प्रत्यारोपण गराएर नेता खनाल सोमबार स्वदेश फर्किएका हुन् । खनाललाई स्वागत गर्न अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए । स्वास्थ्य उपचारको लागि उनी गत असार २ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : ३२ बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।