प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी « Khabarhub

प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् ।

सोमबार काठमाडौँमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र वाग्मती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन ।

संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि उनले स्मरण गरे ।

प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए ।

ओली नेतृत्वको सरकारका बेला संघीयता लगायतका उपलब्धीहरुरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिँदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे ।

प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका विषयमा टुङ्गो लाग्ने बताए ।

प्रचण्डले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका विभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।