गोपनियताका लागि परिवारबाट अलग्गै बस्छन् यी कलाकार « Khabarhub

गोपनियताका लागि परिवारबाट अलग्गै बस्छन् यी कलाकार


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– फिल्मी दुनियाँमा यस्ता कैयौं कलाकार छन्, जो गोपनियताका लागि आफ्नो परिवारभन्दा अलग बस्छन् । जहाँ उनीहरु एकल जीवनमा रमाइरहेका छन् ।

अभिनेत्री आलिया भट्टले आफूलाई बलिउडमा स्थापित गरिसकेकी छन् । उनी आफ्नो फ्ल्याटमा परिवारभन्दा अलग बसेकी छन् । आलियालाई गोपनियता निकै मनपर्छ । यसका लागि उनले परिवारबाट अलग बस्ने निर्णय लिएकी हुन् ।

अभिनेता विक्की कौशल पनि गोपनियतालाई निकै मनपराउछन् । यही कारण उनी पिता श्याम कौशलबाट अलग्गिएर छुट्टै अपार्टमेन्टमा बस्छन् ।

अभिनेत्री कटरीना कैफ धेरै वर्ष अघि मुम्बईमा आफ्ना लागि अलग्गै घर किनेकी थिइन् । त्यही समयदेखि उनी आफ्नो घरमा बस्दै आएकी छन् । उनी परिवारबाट अलग्गिएर बस्न थालेको लामो समय भइसकेको छ ।

बलिउडका ‘चकलेडी ब्वाइ’ अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो निजी घरमा बस्दै आएका छन् । उनीसँग अभिभावक बस्दैनन् । तर उनको परिवार समय–समयमा रणवीरलाई भेट्न गइरहन्छन् । गत वर्ष उनको पिता ऋषि कपूरको निधन भएको थियो ।

फिल्म ‘शेरशाह’ अभिनेता सिद्धार्थ मल्होत्राले बलिउडमा राम्रो सफलता पाइसकेका छन् । उनको मुम्बईमा आफ्नो घर छ । उनी मुम्बईमै रहेका आफ्नो परिवारबाट अलग्गै बस्छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ४० बजे

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०