सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउनुपर्छ : मन्त्री कार्की | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउनुपर्छ : मन्त्री कार्की


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताएका छन् ।

बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे ।

“पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ”, मन्त्री कार्कीले भने, “यो समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।”

उनले आयोगको समय थप गरिएको र आयोगलाई आवश्यक पर्ने स्रोत साधनका लागि पनि सरकारले सहयोग गर्ने बताए ।

सांसद रामनारायण बिडारीले व्यक्ति बेपत्ता पार्ने कार्य मानवता विरुद्धको अपराध भएको हुनाले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिने काममा ढिलाइ गर्न नहुने बताए ।

सहभागीले आफ्नो बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक गर्नुपर्ने, आयोगले जतिसक्दो छिटो न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने माग गरेका थिए । दिवसका अवसर पारेर आयोगले प्रत्येक वर्ष पीडित र सरोकारवाला पक्षलाई बोलाएर कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ४५ बजे

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले