अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार | Khabarhub Khabarhub

अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना  गरी थप ५० जना स्वदेश फर्किएका छन् । यो सँगै हालसम्म नेपाल आइपुग्नेको संख्या ८२८ पुगेको छ ।

काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। आगमन पश्चात उनीहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा नै रहेका नेपालीहरुलाई सम्पर्कमा आउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ०५ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले