प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमित थपिए  « Khabarhub

प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमित थपिए 


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५७४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

एक हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा आठ, पाँचथरमा तीन, सङ्खुवासभा र भोजपुरमा दुई–दुई, ताप्लेजुङ र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ४५ बजे

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर

रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन