प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमित थपिए  | Khabarhub Khabarhub

प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमित थपिए 


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५७४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

एक हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा आठ, पाँचथरमा तीन, सङ्खुवासभा र भोजपुरमा दुई–दुई, ताप्लेजुङ र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ४५ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना