माओवादी 'आगो हो' भन्दाभन्दै नटर्नेहरू पछारिए : प्रचण्ड | Khabarhub Khabarhub

माओवादी ‘आगो हो’ भन्दाभन्दै नटर्नेहरू पछारिए : प्रचण्ड


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन् ।

पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताए ।

उनले आफ्नो पार्टीलाई एक नम्बरको नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गरे । अध्यक्ष प्रचण्डले भने, “तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन । माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।”

उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताए ।

“केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झन्डै सङ्घीयता जाने अवस्थामा पुग्यो गणतन्त्र झन्डै फेल हुने अवस्थामा पुग्यो”, अध्यक्ष प्रचण्डले भने ।

उनले माओवादीसँग अनावश्यक खेल खेलेका कारण ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकारहरू पनि त्यस्तै अवस्थामा पुगेको बताए । उनले भने, “मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराए पनि नटर्नेहरू पछारिए ।”

तराई मधेसमा माओवादी आन्दोलनका कारण जागरण पैदा तथ्य पेस गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “पहिचान र अधिकारको लडाइँ हामीले लड्ने तर काम गर्ने कालु मकै खाने भालु भने जस्तै भयो ।” कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरे ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ४५ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको