आईपीएल क्रिकेट : बैंगलोरले राजस्थानलाई हरायो « Khabarhub

आईपीएल क्रिकेट : बैंगलोरले राजस्थानलाई हरायो


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई हराएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देबदत्त पड्डीकलले २२ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सन्जु सामसनले १९ रन बनाए ।

जितसँगै बैंगलोर ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ । राजस्थान ८ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : २१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल