कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती पक्राउ « Khabarhub

कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती पक्राउ


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पतीलाई पक्राउ गरिएको छ ।

एक नेपाली महिलाले आफ्नो प्रेमीसँगै आफूले जन्माएको नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

त्यहाँको फरवानीया क्षेत्रमा हिडिरहेका एक फिलिपिनो नागरिकले ती नेपाली दाम्पतीलाई धेरै शंकास्पद ढंगले एउटा फोहोरको भाँडोमा एक नवजात शिशुको साथमा फ्याँक्न कोसिस गरीरहेको देखेपछि त्यहाँको आन्तरिक मन्त्रालयलाई खबर गरेका थिए ।

खबर पाए लगत्यै मन्त्रालयले प्रहरी टोली घटनास्थलमा पुगी ती नेपाली दाम्पती नजिकै फोहोर फाल्ने कन्टेनरभित्र एउटा बच्चा भेट्टाएको थियो । प्रहरीले दुबैलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागि पठाइएको थियो ।

अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुका आमा बुबा थिए, अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको र फोहोर फाल्ने कन्टेनरमा फालेको खुलेको मन्त्रालयले जनाएको छ ।

अहिले दुवै अभियुक्त प्रहरी हिरासतमा रहेको र उनीहरुविरुद्ध कानूनी कारबाही भईरहेको अरब टाइम्सले उल्लेख गरेको छ । ती नेपाली दम्पतीको परिचय भने खुलाईएको छैन ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : १० बजे

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८