सुरक्षित गर्भपतन गराउने घटे, असुरक्षित गर्भपतन गराउने जोखिम बढ्यो « Khabarhub

सुरक्षित गर्भपतन गराउने घटे, असुरक्षित गर्भपतन गराउने जोखिम बढ्यो


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो ।

आर्थिक वर्ष २०७५-७६ मा ७७७, २०७६-७७ मा ५८१ र २०७७-७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ । जिल्लामा आव २०७५-७६ मा २४, आव २०७६-७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना कहरका कारणले गर्दा पनि कसैले मेडिकलबाट औषधि किनेर गर्भपतन गराएको हुनसक्ने अनुमान छ ।

अहिले जिल्लामा नौवटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । तीन वर्ष अगाडि जिल्लाका २४ सूचीकृत संस्थाबाट सेवा प्रवाह भइरहेकामा अहिले नौवटा संस्थाबाट सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थयचौकी, शर्माली स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी, कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको हो ।

तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको हो । सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ । सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको छ ।

जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हाल सेवा बन्द रहेका १५ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ४० बजे

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको