खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ ! « Khabarhub

खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ !


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति १३’को यसपटकको एपिसोड ‘शानदार शुक्रबार’मा बलिउड अभिनेता पंकज त्रिपाठी र प्रतीक गान्धी हिस्सा लिँदैछन् । यो एपिसोडसँग जोडिएको कैयौं भिडियो प्रोमो सार्वजनिक भएका छन् । जसमा अमिताभ यी दुई कलाकारलाई कैयौं प्रश्न र हसीमजाक गरिरहेको देख्न सकिन्छ । यो शोसँग जोडिएको एक नयाँ प्रोमो सार्वजनिक भएको छ ।

प्रोमोमा प्रतीकले अमिताभलाई कैयौं रमाइलो प्रश्न सोधिरहेको देखिएका छन् । उनले केबिसीको हट सिटमा बसेर अमिताभलाई ‘सर केही साधारण प्रश्न तपाईंसँग सोध्न चाहन्छु । जसमा न कुनै धनराशी छ, न लाइफ लाइन नै’ भनिरहेका छन् । यसपछि प्रतीकले अमिताभलाई ‘टेलिभिजनको रिमोट कन्ट्रोल नचल्दा कहिल्यै तपाईंले रिमोटलाई ठोकेर चलाउनुभएको छ ? जुन कपडा पुरानो भएको छ, त्यसलाई झाडु बनाउनुभएको छ ?’ भनी सोधेका छन् ।

प्रतीकले आफ्नो अन्तिम प्रश्नमा अमिताभलाई ‘कहिल्यै खाना खाएर पेटमा हात पुछ्नुभएको छ ? भनी सोधेका छन् । यो प्रश्नमा अमिताभले उत्तिकै रमाइलो उत्तर दिएका छन् । ‘एक समय थियो, जब मैले थोरै दाह्री पालेको थिएँ । त्यो बेला खाना खाएर त्यही दाह्रीले हात पुछ्थे’, अमिताभले भनेका छन् । अमिताभको जवाफ सुनेर पंकज र प्रतीक निकै हाँसेका छन् ।

यो प्रोमो सोनी टेलिभिजन च्यानलको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा राखिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ३२ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध