कुटनीतिक सम्बन्ध विस्तारमा सफल भएँ : परराष्ट्रमन्त्री खड्का (भिडियो) « Khabarhub

कुटनीतिक सम्बन्ध विस्तारमा सफल भएँ : परराष्ट्रमन्त्री खड्का (भिडियो)


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफूले अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएको उनले बताए ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको छ। सो क्रममा नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी गरेको छु, त्यसले हाम्रो कुटनीतिक सम्बन्ध विस्तारमा मद्दत मिलेको विश्वास छ’, खड्काले भने ।

नेपालको परराष्ट्र नीति आपसी समझदारी र अन्तर्राष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा उनले जोड दिए । खड्का असोज ६ गते परराष्ट्रमन्त्रीको कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ५१ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार