अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना | Khabarhub Khabarhub

अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छन् । उनी अस्पतालमा भर्ना भएको खबर सुन्नासाथ उनका पूर्वपति अभिनव कोहलीले सामाजिक सञ्जालका उनको स्वास्थ्य लाभको कामना गरेका छन् । अभिनवले पोस्टमा श्वेताको कम तौल र परिवर्तनप्रति टिप्पणी गरेका छन् ।

‘मेरो र मेरो छोराको एकापसमा मिल्ने र सँगै बस्ने हकको लडाई आफ्नो ठाउँमा छ र त्यो अदालतमा चलिरहेको छ । तर भगवानले श्वेतालाई चाँडै तन्दुरुस्त बनाउन् । कलाकारहरु तपाईंहरुमाझ सुन्दर देखिनको चक्करमा र सबैको माया पाउन आवश्यकता भन्दा बढी शरीर बनाउछन् । कमभन्दा कम खाना खान्छन् र एकदिन उनीहरुको हृदय गल्छ’, अभिनवले लेखेका छन् । श्वेता र अभिनवको छोरा रेयान्सलाई कसको संरक्षकत्वमा राख्ने भन्ने विषयमा दुईबीच अदालतमा मुद्धा चलिरहेको छ ।

श्वेता हालैमात्र टेलिभिजन रियालिटी शो ‘खतरों के खिलाडी ११’मा देखिएकी थिइन् । गत साता उनी शोको फिनालेमा पनि उपस्थित थिइन् । उनले उपाधि नजिते पनि आफूलाई उत्कृष्ट ६ मा पुर्याएकी थिइन् ।

उनको स्वास्थ्य अवस्थालाई लिएर उनको टिमले एक आधिकारिक विज्ञप्ती जारी गरेको छ । ‘हामीलाई श्वेता तिवारीको स्वास्थ्य अवस्थालाई लिएर धेरै फोन र सन्देश आइरहेको छ । श्वेतालाई शारीरिक शिथिलता र कम रक्तचापका कारण अस्पतालमा भर्ना गरिएको यहाँहरुलाई सूचित गरिन्छ । लगातार यात्रा गर्नु, मौसमको बदलाव र पूर्ण रुपमा आराम गर्न नपाएका कारण श्वेताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्यमा सुधार आइरहेको छ । आशा छ उनी चाँडै डिस्चार्ज हुनेछिन्’, विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ५९ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।