संसदमा मर्यादित भूमिका खेल्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडियो) « Khabarhub

संसदमा मर्यादित भूमिका खेल्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडियो)

एमाले संवादबाट भाग्न खोज्यो : सरकार


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद खुलाउन अग्रसरता लिएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले संसद अवरोध लगायत वर्तमान राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । तर, सो बैठकमा एमाले भने अनुपस्थित रह्यो ।

बैठकमा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दल उपस्थित रहेका थिए । बैठकले एमालेलाई संसदमा मर्यादित र सकरात्मक भूमिका खेल्न आग्रह गरेको छ । बैठकले एमालेलाई जिम्मेवार ढंगबाट अगाडि बढ्न आग्रह गरेको कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तर एमाले सर्वदलीय बैठकमा सहभागी नहुनु दुःखद् भएको उनले बताए । उनले एमाले संवादबाट भाग्न खोजेको जस्तो देखिएको बताए ।

यसअघि सभामुखले बोलाएको बैठकमा पनि एमाले सहभागी नभएको र प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि एमाले सहभागी नभएको भन्दै एमाले संवादबाट भागेको जस्तो बुझिएको उनको टिप्पणी छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १२ : ३६ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार