बुद्ध एयरको विमान सकुशल अवतरण गराउने पायलट शेर्पालाई विमान उडाउन रोक « Khabarhub

बुद्ध एयरको विमान सकुशल अवतरण गराउने पायलट शेर्पालाई विमान उडाउन रोक


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौँमा अवतरण गरेको थियो ।

सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्तकाल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ ।

विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन् । उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन् । अहिलेलाई उनको पायलट लाइसेन्स स्थगित गरिएको छ ।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो । तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौँमा नर्मल अवतरण गरिँदा ठूलो दुर्घटना टरेको थियो । त्यसपछि क्याप्टेन शेर्पाको सबैतिरबाट प्रशंसा भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  २ : ०७ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले