वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली « Khabarhub

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले गत भदौ २३ गते भएको जेन-जी आन्दोलन र त्यसपछि देखिएको विध्वंशको मुख्य जिम्मेवारी केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारमाथि रहेको आरोप लगाएका छन्।

सोमबार राजधानीमा पार्टीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा पुनले ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिका कारण नवयुवामा चुलिएको असन्तुष्टि विस्फोट भएको दाबी गरे। जनताका आवाज नसुन्ने र बिचौलिया तथा स्वार्थ समूहको सेवामा मात्र केन्द्रित सरकारकै कारण मुलुक अशान्त बनेको उनको भनाइ थियो।

‘भदौ २३ गतेको आन्दोलन केपी ओली नेतृत्वको काँग्रेस–एमाले गठबन्धन सरकारको गलत प्रवृत्तिविरुद्ध नवयुवामा गुम्सिएको असन्तोषको विस्फोट थियो,’ पुनले भने, ‘जनताको मुख थुन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रयासको पनि जवाफ थियो त्यो।’

तर, भदौ २४ गते भएको आगजनी र लुटपाटमा भने गलत तत्त्वको घुसपैठ भएको पुनले औंल्याए। ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकोप्टरमार्फत बाहिरिएपछि सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता राज्यका धरोहर तथा निजी घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको उनको भनाइ थियो।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १८ महिनामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र सुशासनका लागि कदम चाल्दा डराएर काँग्रेस–एमाले मिलेको टिप्पणी गरे। आगामी २१ फागुनमा हुने निर्वाचनबाट ती शक्तिलाई जनताले थप दण्डित गर्ने दाबी पनि उनले गरे।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : २३ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह