अनअराइभल भिसा खुले पनि व्यवासायीमा छैन उत्साह | Khabarhub Khabarhub

अनअराइभल भिसा खुले पनि व्यवासायीमा छैन उत्साह

आधा ढोका खुलाएर पर्यटक आउँदैनन् : व्यवसायी


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गर्‍यो । यससँगै गत ७ गतेबाट यो नियम लागू भयो ।

झण्डै १९ महिनापछि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा उल्लेख्य मात्रामा विदेशी भित्रने अपेक्षा व्यवसायीहरुको थियो ।

तर अपेक्षाअनुसार पर्यटकको आवगमन भने छैन । अनराइभल भिसा खुलाएको एक साता बित्दा कुनैपनि चहलपहल नभएको र बुकिङमा पनि उत्साह नरहेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले जनाएको छ ।

अनअराइभल भिसा खुलाएर भ्याक्सिन लगाएको मान्छेलाई मात्र प्रवेश गर्न दिने नियमले पर्यटकका लागि नेपाल आवगमनमा आधामात्र ढोका खुलेको टानका अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् ।

‘भ्याक्सिन नलगाएकाहरुको हकमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने र अनअराइभल भिसा खुुला नहुने कुराले समस्या ल्याएको छ’, उनले खबरहबसँग भने ‘यसले भ्याक्सिन नलगाएको पर्यटक नेपाल नआउ भन्ने सन्देश पुग्यो ।’

यसकारण पर्यटन क्षेत्र अझैं अप्ठ्यारोमा रहेको उनको भनाइ छ ।

तत्कालका लागि पर्ख र हेरको अवस्थामा बसे पनि अहिले आउने पर्यटकको संख्या र अवस्था हेरेर सरकारसँग थप माग राख्ने तयारी टानको छ ।

‘पर्यटकीय सिजनका बीचमा छौँ विदेशी पर्यटकहरु आजकोे भोलि नै झोला बोकेर ट्राभलिङमा निस्कदैन तर यो सन्देशले हाम्रो आगामी सिजनलाई बाटो खुल्न सक्छ’, उनले खबहबसँगको कुराकानीमा भने ।

यसअघि सिफारिसको आधारमा विदेशी पर्यटकहरु क्वारेन्टिन बस्ने शर्तमा पदयात्रा, पर्वतारोहणमा केही पर्यटकहरु आइरहे पनि उल्लासमय तरिकाले आउन अझैं समय लाग्नेछ ।

त्यस्तै पर्यटन क्षेत्र पुरानो लयमा फर्कन २०२४ सम्म सम्भव नरहेको उनको भनाइ छ ।

त्यस्तै अनराइभल भिसा खुलाए पनि होटल बुकिङ नआएको होटल एशोसियसन अफ नेपाल (हान) ले जनाएको छ ।

सरकारले अनअराइभल भिसा खुलाउन २ महिना ढिला गरेको हानका महासचिव साजन शाक्य बताउँछन् ।

उनका अनुसार पर्यटकीय सिजनको अन्तिममा सरकारले भिसा खुलाएकाले प्रायः पर्यटकहरु अन्तै भ्रमणका लागि निस्किसकेका छन् ।
‘अर्को कुरा नेपाललाई अझैँ पनि रेड जोनमा राखेकाले पर्यटकहरु आउने सम्भावना कम हुने नै भयो’, शाक्य भन्छन्, ‘रेड जोनमा राखेपछि उहाँहरुको इन्स्युरेन्स कभर हुँदैन त्यो भएपछि रिक्स लिएर आउन चाहदैनन् ।’

जबसम्म ‘रेड जोन’ हट्दैन तबसम्म स्वतन्त्र भएर पर्यटक नआउने र अहिले आइरहेकाहरु जोखिम लिएरै हिडिरहेको उनको भनाइ छ ।
सरकारले अनअराईभल भिसा खोले पनि विभिन्न नाकामा भने हालसम्म पनि परिपत्र गरेको छैन । नाकामा परिपत्र नगरेपछि भारतीय लगायत पर्यटक आवागमनमा समस्या आएको उनले बताए ।

‘भारतसँगको नाका नखोल्दा अहिले मानिसहरु पैदल मार्ग हुँदै आइरहेका छन् सवारीसाधन खुलेका छैनन्’, उनी भन्छन्, ‘गाडी खुलाएपछि मात्र भारतीय पर्यटकहरु पनि नेपाल भ्रमणमा आउँछन् ।’

कोभिडका कारण बन्द रहेका विभिन्न नाकाहरु खोल्नेबारे मन्त्रीमण्डलले निर्णय गरिसक्दा पनि पुरै खोलेको अवस्था छैन ।

सिजनमा सोचेजति पर्यटक आउने सम्भावना नदेखिएको महासचिव शाक्यले जानकारी दिए ।

त्यसो त पूर्ण रुपमा लकडाउन हुँदा यो क्षेत्र ठप्प नै थियो । अहिले १० प्रतिशतसम्म होटल बुकिङ भएको उनको भनाइ छ ।

वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल आउने गरेकोमा माहामारीपछि तीन लाख भन्दा कममा सीमित रहेको छ ।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आए भने सन् २०२१ को अगस्ट सम्ममा ६६ हजार ९६६ जना आएको पर्यटन बोर्डको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ५ : ३२ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न