यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै कानुन मन्त्री समेत रहका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सो प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका हुन् ।

यसैगरी बैठकले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको उनले बताए । बैठकमा सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ५ : २० बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार