पपस्टार शाकिरामाथि बँदेलको आक्रमण « Khabarhub

पपस्टार शाकिरामाथि बँदेलको आक्रमण


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– पपस्टार शाकिराले आठ वर्षको छोरासँग बार्सिलोनाको पार्कमा घुमिरहँदा आफूहरुमाथि दुईवटा बँदेलले आक्रमण गरेको बताएकी छन् ।

कोलम्बियन गायिकाले आफ्नो झोला थुत्नुअघि उनीहरुले आक्रमण गरेको र आफूहरु रुखको पछाडि गएर लुकेको उल्लेख गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रृंखलाबद्ध किसिमले आफूमाथि भएको घटनाबारे बताएकी छन् । उनले आफ्नो च्यातिएको झोला क्यामरातिर देखाउदै ‘हेर्नुहोस् मलाई आक्रमण गरेका बँदेलले कसरी मेरो झोला पार्कमा छोडेका छन् ?’ भन्दै प्रश्न गरेकी छन् ।

‘उनीहरुले मेरो मोबाइलसहितको झोलालाई रुखमा लगिरहेका थिए’, गायिकाले भनेकी छन्,‘उनीहरुले सबै बर्बाद पारे ।’

बार्सिलोनाका फूटबलर पिता जेरार्ड पिकेकी श्रीमति शाकिराले छोरा मिलान तिर देखाउदै ‘मिलनले सत्य कुरा बोल्छ । तिम्रो आमाले बँदेलको आक्रमणको सामना कसरी गरिन् भनिदेऊ’ भनेकी छन् ।

क्याटलन राजधानीमा पछिल्लो वर्षमा बढ्दो रुपमा आक्रमक देखिएका बँदेलको आक्रमणमा पर्ने साकिरा पछिल्लो पीडित हुन् ।

सन् २०१६ स्पेनिस प्रहरीमा १ हजार १ सय ८७ टेलिफोन उजुरी बँदेलको आक्रमण सम्बन्धी उजुरी परेको थियो । जुन उजुरीमा बँदेलहरुले कुकुरहरुमाथि आक्रमण गरेको, बिरालोको खानेकुरा थुतेको, ट्राफिकलाई रोकेको र कार चढेका कुरा उल्लेख थिए ।

सन् २०१३ मा एक सिटी प्रहरी अधिकृतले बँदेल नियन्त्रणका लागि प्रयास गरेका थिए । उनले बँदेललाई गोली चलाउदा त्यो गोली बँदेललाई नलागेर उनको साथीलाई लागेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ०३ बजे

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,