अहिले नै पार्टीको उत्तराधिकारी घोषणा गर्दिनँ, तर राम्रो नेता आए छाड्छु : प्रचण्ड (भिडियो) « Khabarhub

अहिले नै पार्टीको उत्तराधिकारी घोषणा गर्दिनँ, तर राम्रो नेता आए छाड्छु : प्रचण्ड (भिडियो)


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तत्काल पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नो पार्टीमा केही नेताहरु प्रचण्डबाट हुँदैन भन्नेमा लागेकोसमेत बताए ।

उनले भने, ‘मुखमा त भन्न सक्दैनन्, तर अब प्रचण्डबाट हुँदैन भन्छन् रे । सबैलाई समेटेर लिने भेटिए त म किताब लेखेर बस्छु । तर यसो हेर्छु…। लास्ट एक पटक लडाइँ लड्छु ।’ माओवादी केन्द्रले महाधिवेशनको तयारी गरिरहेका बेला प्रचण्डले फेरि पार्टीको नेतृत्व नछाड्ने बताएका हुन् ।

प्रचण्ड माओवादीको स्थापनाकाल २०५२ देखि लगातार नेतृत्वमा छन् ।

तर, उनले आफूसँग प्रतिस्पर्धामा आउन भने नेताहरुलाई आह्वान गरे । उनले भने, ‘प्रतिस्पर्धामा आउनुहोस, राम्रो कार्यक्रम ल्याउनु भयो । पार्टीमा पारित भयो भने म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु । तर अहिले नै उत्तराधिकारी घोषणा भने गर्दिनँ ।’

प्रचण्डले चिनियाँ नेता माओले लिन प्याओलाई उत्तराधिकारी घोषणा गरे जस्तो नगर्ने बताए । उनले भने, ‘माओले उत्तराधिकारी घोषणा गरेपछि उनै लिन प्याओले माओलाई गोली हान्ने अवस्था आयो । यो उत्तराधिकारी भनेको काल हुँदो रैछ । तर राम्रो काम गर्नेलाई छाड्छु ।’

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ११ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार