यूरिया मल अभाव लगायतका समस्या समाधान गर्न ज्ञापनपत्र « Khabarhub

यूरिया मल अभाव लगायतका समस्या समाधान गर्न ज्ञापनपत्र


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ ।

किसानहरुले राखेका बुँदागत माँगहरु पुरा गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।

किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार किसानहरुले बारामा प्रदर्शन गरेका थिए । नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको तथा अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ ।

धान बालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । बाराको बजारहरुमा यूरिया मलको अभाव भए पछि भारतीय बजारहरुबाट खेतिका लागी मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न समस्या भएको किसानको गुनासो छ ।

किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध , प्रयाप्त मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था , भुमिहिनलाई जग्गा र किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्थाको माँग गर्दै आइटी आर्मी किसान मोर्चाले ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा नेता उमेश कुशवाहाले बताए । छिटो भन्दा छिटो किसानहरुको माँग पुरा नभएन किसानहरु सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले बताए ।

नेपाल सरकारले पर्याप्तमात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा किसान पीडित भएका छन् । समयमा पानी नपर्ने, बालि लगाएपछि बाढी आउने, बालि हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने अवश्थाकै कारण कयौं किसानहरुले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन् ।

सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : २४ बजे

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको