प्रचण्डले भने : आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा ​पुगेँ « Khabarhub

प्रचण्डले भने : आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा ​पुगेँ


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफू आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौँमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नै पार्टीका अध्यक्षले प्रतिक्रान्ति गर्दा आत्महत्या गर्ने कि लड्ने भन्ने सोच भएको बताए । उनले भारतीय स्वतन्त्रताका सहिद चन्द्रशेखर आजादले दुस्मनबाट घेरिएपछि माटो समातेर यत्ति रैछ भन्दै आत्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि संसद् विघटनपछि त्यस्तै अवस्थामा पुगेको बताए । तर, आफू आत्महत्या गर्न सक्ने अवस्थामा भने नरहेको उनको टिप्पणी छ ।

प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आत्महत्या गर्नु ठीक हो । आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो मार्क्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला । सुसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ जाने, मारिनु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’

उनले क्रान्तिप्रति बफदार नेताहरुको साथ पाएर प्रतिक्रान्तिलाई परास्त गरेकोसमेत बताए । उनले प्रतिगमनविरुद्ध माइतीघरमा आन्दोलन गर्दा सडकमा कार्यर्ता आउँछन् कि आउँदैनन् भन्ने आशंकारहेकोसमेत बताए । तर आफू सडकमा आएपछि मुक्ति पाइएको र आन्दोलनमा जनताको साथसमेत रहेको बताए । उनले पुस ५ पछिको घटनालाई २०५२ मा माओवादीले सशस्त्र विद्रोह गर्ने निर्णयपछिको अवस्थासँग तुलना गरे । त्यतिबेला पनि मर्छौ भन्ने लागेको भन्दै सामूहिक तस्वीर लिएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ४२ बजे

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त