ईपीएलमा चितवनको दोस्रो जित, ललितपुर र भैरहवाले अंक बाँडे « Khabarhub

ईपीएलमा चितवनको दोस्रो जित, ललितपुर र भैरहवाले अंक बाँडे


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए ।

काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउदा राजु रिजालले २८ रन जोडे ।

त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । चितवनले २ खेलमा ४ अङ्क जोडेको छ ।

काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

यसैबीच आजै भएको दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सले बराबरीमा खेलेका छन् । टियु क्रिकेट मैदानमा बिहीबार ललितपुर र भैरहवाबीचको रोमान्चक खेल ‘टाइ’ भएको हो ।

ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । स्कोर बराबर भएपनि खराब प्रकाशको कारण सुपर ओभर भएन र दुबै टोलीलाई एक-एक अंक बाँडेका छन् ।

रोमान्चक खेलमा भैरहवालाई अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक थियो । ललितपुरका राशिद खान बलिङमा थिए । तर, उनले अन्तिम ओभरमा १ विकेट लिदै १७ रन खर्चिएपछि ललितपुर जित निकाल्न बन्चित भएको हो ।

अन्तिम एक बलमा ७ रन चाहिएको बेला भैरहवाका कप्तान शरद भेषवाकरले छक्का प्रहार गर्दै स्कोर बराबरी गरेका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ३० बजे

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा– गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा