नेपाल-भारत संयुक्त परियोजनाको प्रगतिबारे समिक्षा « Khabarhub

नेपाल-भारत संयुक्त परियोजनाको प्रगतिबारे समिक्षा


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) मा पुनर्निर्माण परियोजनाहरूको समीक्षा भएको छ ।

भारतीय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा काठमाडौंमा बिहीबार बैठक भएको हो ।

बैठकमा भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत् समीक्षा भएको छ ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न हेतु सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो ।

उक्त बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो । यस अघि जेपीएमसीको बैठक २०७६ फागुन २५ गते भएको थियो ।

बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गरेको छ ।

आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए ।

जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भएको हो।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ०६ बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ १० गते प्रत्क्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा