एमाले अधिवेशन : बैतडीका ७८ वडामा सम्पन्न, ६ वडामा आज « Khabarhub

एमाले अधिवेशन : बैतडीका ७८ वडामा सम्पन्न, ६ वडामा आज


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने एमाले बैतडी कार्यालय सचिव सरस्वती नेपालीले बताइन् ।

दशरथचन्द नगरपालिका-१ मा बिष्णुदत्त भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । २ मा खड्कसिंह बोहरा, ३ मा राजेन्द्र नाथ, ४ मा प्रेम बोगटी, ५ मा नमराज भट्ट, ७ मा हरिसिंह बडु, ८ मा किसन गुरु, ९ मा भवानीदत्त जोशी, १० मा गोविन्दसिंह बुडाल र ११ मा करन चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए ।

शिवनाथ गाउँपालिका-१ मा माधव चाड, २ मा प्रकाश साउँद, ३ मा देवानसिंह साउँद, ४ मा सेरसिंह महरा, ५ मा हमेश पहरी र ६ मा विक्रम धनाडी अध्यक्ष बनेका छन् ।

मेलौली नगरपालिका-१ मा प्रेमराम दयाल, २ मा खगेन्द्र वड, ३ मा हिम्मत चन्द, ४ मा मोहन चन्द, ५ मा तिलक सिंह पुजारा, ८ मा बहादुर ठगुन्ना र ९ मा अशाेकबहादुर चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सदस्य बलभद्र दयालले बताए ।

पञ्चेश्वर गाउँपालिका-१ मा कृष्ण घटाल, २ मा देवबहादुर चन्द, ३ मा बलवीर जोशी, ४ मा प्रकाश चन्द र ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन् । दोगडाकेदार गाउँपालिका- १ मा उत्तम जाेशी, २ मा उमापति भट्ट, .३ मा करनराम भूल, ४ मा तर्कराज भट्ट, ५ मा मोहनसिंह कार्की, ७ मा नैनसिंह गोयला र ८ मा डम्बर विष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।

पाटन-१ मा गणेशदत्त भट्टराई, २ मा महेशप्रसाद पन्त, ३ मा प्रेमसिंह विष्ट, ५ मा भरतसिंह ठगुन्ना, ७ मा कर्ण पेला, ८ मा हरिदत्त भट्ट, ९ मा इन्द्रसिंह बोहरा र १० मा मन्धिरसिंह साउद भए ।

पुर्चौडी नगरपालिका-१ मा जनकराज जोशी, २ मा हेमराज पन्त, ३ मा लक्ष्मण धामी, ४ मा बल्देव धानुक, ५ मा वीरसिंह बोहरा, ६ मा नारदप्रसाद अवस्थी, ७ मा देवसिंह ऐरी, ८ करनबहादुर धामी, ९ मा लोकेन्द्रबहादुर विष्ट र १० मा धनबहादुर महरा अध्यक्षमा चयन भएका छन् ।

सूर्नया गाउँपालिका १ मा उद्धबहादुर चन्द, २मा बिष्णुबहादुर विष्ट, ४ मा वीरेन्द्रसिंह महरा, ५ मा धौलसिंह मडै, ६ मा मदन कुँवर, ७ मा हर्कबहादुर कुँवर र ८ मा धनी साउँदको अध्यक्षतामा वडा कमिटी चयन भएकाे छ ।

डिलाशैनी गाउँपालिका-१ को अध्यक्षमा वीरेन्द्र महरा, २ मा जंगबहादुर घरडी, ३ मा गोकर्ण राना, ४ मा महेश पन्त, ५ मा कृष्णनाथ योगी, ६ मा धनसिंह माल र ७ मा जनक धामी चयन भए ।

सिगास गाउँपालिका-१ मा धनीराम भट्ट, २ मा कृष्णसिंह धामी, ३ मा मानसिंह ढाट, ४ मा मीनबहादुर बोहरा, ५ मा सुरेन्द्रसिंह धामी, ६ मा कालु दमाई, ७ मा कुटुक साउँद, ८ मा डम्बरसिंह बोहरा र ९ मा जनकसिंह धामी अध्यक्ष बनेका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ५९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय