युरोपेली शिष्टाचार : प्रेरक प्रसङ्ग « Khabarhub

युरोपेली शिष्टाचार : प्रेरक प्रसङ्ग


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो घटना त्यो बेलाको हो जब ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एक पटक उनले कुनै कामले प्रेसीडेन्सी कलेजका अङ्ग्रेज आचार्य केरसँग भेट गर्न जानुपर्‍यो । केर त्यो बेलामा जुत्ता लगाएर मेजमा खुट्टा फैलाएर बसेका थिए । उभिएर स्वागत गर्नु त टाढाको कुरा उनले ईश्वरचन्द्र विद्यासागरलाई देखेर पनि त्यसैगरी बसिरहे ।

यो कुरा ईश्वरचन्द्रलाई राम्रो लागेन तर पनि उनले चुपचाप  अपमान सहे । केही दिनपछि कुनै कामले केर ईश्वरचन्द्र विद्यासागरकोमा आए । उनलाई देखेर ईश्वरचन्द्रले चप्पल समेतको आफ्नो खुट्टा उठार मेजमा फैलाए र आराम कुर्सीमा बसिरहे । उनले केरलाई बस्न समेत भनेनन् ।

केरले उनको यो दुर्व्यवहारको गुनासो लिखित रूपमा शिक्षा परिषद्का सचिव डा. मुआटसँग गरे । डा. मुआट ईश्वरचन्द्र विद्यासागरकोमा गए र कुराकानीमा केरको गुनासोको कुरा गरे ।

यसमा ईश्वरचन्द्र विद्यासागरले भने, हामी भारतीय मानिस अङ्ग्रेजबाट नै युरोपेली शिष्टाचार सिक्छौँ । जब म उहाँसँग भेट गर्नको लागि गएको थिएँ तब उहाँ यसैगरी बस्नुभएको थियो । यसले मैले बुझेँ युरोपेली शिष्टाचार यही हो । यसैले मैले यसको अनुसरण गरेँ । उहाँलाई रिस उठाउने मेरो कुनै सोचाइ थिएन ।

उनको यस्तो कुरा सुनेर डा. मुआट र केर दुवैले शर्मनाक हुनुपर्‍यो ।

साभार  तः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ०७ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन