युरोपेली शिष्टाचार : प्रेरक प्रसङ्ग « Khabarhub

युरोपेली शिष्टाचार : प्रेरक प्रसङ्ग


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो घटना त्यो बेलाको हो जब ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एक पटक उनले कुनै कामले प्रेसीडेन्सी कलेजका अङ्ग्रेज आचार्य केरसँग भेट गर्न जानुपर्‍यो । केर त्यो बेलामा जुत्ता लगाएर मेजमा खुट्टा फैलाएर बसेका थिए । उभिएर स्वागत गर्नु त टाढाको कुरा उनले ईश्वरचन्द्र विद्यासागरलाई देखेर पनि त्यसैगरी बसिरहे ।

यो कुरा ईश्वरचन्द्रलाई राम्रो लागेन तर पनि उनले चुपचाप  अपमान सहे । केही दिनपछि कुनै कामले केर ईश्वरचन्द्र विद्यासागरकोमा आए । उनलाई देखेर ईश्वरचन्द्रले चप्पल समेतको आफ्नो खुट्टा उठार मेजमा फैलाए र आराम कुर्सीमा बसिरहे । उनले केरलाई बस्न समेत भनेनन् ।

केरले उनको यो दुर्व्यवहारको गुनासो लिखित रूपमा शिक्षा परिषद्का सचिव डा. मुआटसँग गरे । डा. मुआट ईश्वरचन्द्र विद्यासागरकोमा गए र कुराकानीमा केरको गुनासोको कुरा गरे ।

यसमा ईश्वरचन्द्र विद्यासागरले भने, हामी भारतीय मानिस अङ्ग्रेजबाट नै युरोपेली शिष्टाचार सिक्छौँ । जब म उहाँसँग भेट गर्नको लागि गएको थिएँ तब उहाँ यसैगरी बस्नुभएको थियो । यसले मैले बुझेँ युरोपेली शिष्टाचार यही हो । यसैले मैले यसको अनुसरण गरेँ । उहाँलाई रिस उठाउने मेरो कुनै सोचाइ थिएन ।

उनको यस्तो कुरा सुनेर डा. मुआट र केर दुवैले शर्मनाक हुनुपर्‍यो ।

साभार  तः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ०७ बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री