मलेसियास्थित नेपाली दूतावासले भन्यो, ‘नेपाली कामदार खुलिसकेको छैन’ « Khabarhub

मलेसियास्थित नेपाली दूतावासले भन्यो, ‘नेपाली कामदार खुलिसकेको छैन’


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली कामदारको श्रम गन्तव्य रहेको मलेसियामा नेपाली कामदार खुल्ला भइ नसकेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै नयाँ कामदारले मलेसिया प्रवेश गर्नेबारे मलेसिया सरकारबाट औपचारिक जानकारी नआएको जनाएको छ ।

नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने समाचारहरू सार्वजनिक भएकोमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएका कामदार मलेसिया प्रवेश सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउनबारे आधिकारिक जानकारी नभएको जनाएको छ ।

कोरोना महामारीका कारण रोकिएका तर, भिसाको म्याद भएकाहरूले मात्र मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिन क्वारेनटाइन बस्ने गरी प्रवेश पाउने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कोभिड-१९ प्रभाव रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेसँगै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा कुनै भ्रममा नपर्न दूतावासले नेपाली समुदायलाई अनुरोध गरेको छ । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

मलेसिया सरकारले भने पछिल्लो समय कोरोनाका कारण प्लान्टेशन सेक्टरमा कामदारको अभाव भएको भन्दै अब विदेशी कामदार भर्ना गरिने बताइसकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ३८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका