मदर टेरेसाका केही अमर वाणीहरु « Khabarhub

मदर टेरेसाका केही अमर वाणीहरु


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कर्तव्य एउटा अत्यन्त व्यक्तिगत मामिला हो । कर्तव्य गर्नको लागि अरू कसैले आह्वान गर्नुपर्दैन । व्यक्तिगत केही गरिहाल्ने आवश्यकताको बोध हुन्छ ।

२. दुवैको विचार सही होला । दुवैको आफ्नो दृष्टिकोण होला । तैपनि तपाईँ आफ्ना देशवासीसँग सोध्नुस् कि के उनीहरू युद्धका लागि राजी छन् ? अथवा औँलामा गनिने विचारक नै असङ्ख्य मानवका जीवन मृत्युको भयानक निर्णय गरिरहेका छन् ? के यो उचित छ ?

३. ईश्वरले यो सुन्दर संसार हाँस्ने खेल्ने स-साना बालकहरूका निम्ति बनाएका हुन् । तिनको भविष्यतिर हेर्नुहोस् । बचेका अनाथ बालकको परवरिसका लागि युवा पिता बाँच्ने छैनन् । वृद्ध हजुरबा आफ्ना चिसा आँखामा बालकलाई डोर्‍याएर युद्धको नरसंहार सम्झनेछन् । यस्तोमा के ती जर्जर शरीरले आफ्नो आत्मादेखि तपाईँलाई आशीर्वाद दिन सक्लान् ?

४. जति बच्नेछन् तिनको पनि घर-बस्ती उजाडिएको हुनेछ । मरुभूमि, खण्डहर, भत्केका स्कुल, घर, चारैतर्फ पीडा र क्रन्दन सुनिनेछ । के त्यस बखत तपाईँको हृदय नरोला ? अलिकति सोच्नुस् त, यो संसार ईश्वरले प्रेमपूर्वक बनाएका हुन् । ईश्वर चाहन्छन् हामी प्रेम नै बाँडौँ । घृणा र कष्ट नफिँजाउँ ।

५. क्षणिक जय रवा पराजय त केही समयपछि विश्वले बिर्सने छ तर चारैतर्फको विनाश, उत्पीडन, विध्वंस, बेरोजगारी र भोकमरी भने हाम्रो नयाँ पिँढीमा दशकौँसम्म कायम रहन्छन् ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ३५ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन