मदर टेरेसाका केही अमर वाणीहरु « Khabarhub

मदर टेरेसाका केही अमर वाणीहरु


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कर्तव्य एउटा अत्यन्त व्यक्तिगत मामिला हो । कर्तव्य गर्नको लागि अरू कसैले आह्वान गर्नुपर्दैन । व्यक्तिगत केही गरिहाल्ने आवश्यकताको बोध हुन्छ ।

२. दुवैको विचार सही होला । दुवैको आफ्नो दृष्टिकोण होला । तैपनि तपाईँ आफ्ना देशवासीसँग सोध्नुस् कि के उनीहरू युद्धका लागि राजी छन् ? अथवा औँलामा गनिने विचारक नै असङ्ख्य मानवका जीवन मृत्युको भयानक निर्णय गरिरहेका छन् ? के यो उचित छ ?

३. ईश्वरले यो सुन्दर संसार हाँस्ने खेल्ने स-साना बालकहरूका निम्ति बनाएका हुन् । तिनको भविष्यतिर हेर्नुहोस् । बचेका अनाथ बालकको परवरिसका लागि युवा पिता बाँच्ने छैनन् । वृद्ध हजुरबा आफ्ना चिसा आँखामा बालकलाई डोर्‍याएर युद्धको नरसंहार सम्झनेछन् । यस्तोमा के ती जर्जर शरीरले आफ्नो आत्मादेखि तपाईँलाई आशीर्वाद दिन सक्लान् ?

४. जति बच्नेछन् तिनको पनि घर-बस्ती उजाडिएको हुनेछ । मरुभूमि, खण्डहर, भत्केका स्कुल, घर, चारैतर्फ पीडा र क्रन्दन सुनिनेछ । के त्यस बखत तपाईँको हृदय नरोला ? अलिकति सोच्नुस् त, यो संसार ईश्वरले प्रेमपूर्वक बनाएका हुन् । ईश्वर चाहन्छन् हामी प्रेम नै बाँडौँ । घृणा र कष्ट नफिँजाउँ ।

५. क्षणिक जय रवा पराजय त केही समयपछि विश्वले बिर्सने छ तर चारैतर्फको विनाश, उत्पीडन, विध्वंस, बेरोजगारी र भोकमरी भने हाम्रो नयाँ पिँढीमा दशकौँसम्म कायम रहन्छन् ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ३५ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न