गुल्मी एमालेमा युवा नेतृत्व: ११ पालिकामा अधिवेशन सकियो « Khabarhub

गुल्मी एमालेमा युवा नेतृत्व: ११ पालिकामा अधिवेशन सकियो


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ ।

कांग्रेसले केही समयअघि गर्‍यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् ।

गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु गरेको छ । वडा र पालिकामा थुप्रै युवाहरूको प्रवेश देखिएको छ । उनीहरूलाई अरु पार्टीका नेता र कार्यकर्ताले समेत प्रशंसा गरेका छन् ।

नेकपा एमाले इस्मा गाउँकमिटीका अध्यक्ष राजेन्द्र विक्रम कुँवर भए । उनले निर्वाचनबाटै प्रत्यासी बिनबहादुर गौतम र नारायण पैयानीलाई भारी मतान्तरले पराजित गरे । कुँवर ३१ वर्षका भए । प्रत्यासी पुराना अनुहार हुन् ।

कमिटीका सबैभन्दा कान्छा नविन अर्यालले नै १५५ मतमध्ये १२७ मत प्राप्त गरेर उपसचिव भए । सचिवमा गनुप्रसाद अधिकारी, उपसचिव कल्पना अधिकारी पनि युवा नै हुन् ।

त्यस्तै मालिका गाउँ कमिटीको अध्यक्षमा ओमबहादुर कार्की निर्वाचित भए । उनीसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । कार्कीसहितका सबै ३० देखि ४० वर्ष उमेर समुहका छन् ।

मदाने गाउँ कमिटीको अध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनीसहितका सबै पदाधिकारीहरू युवा छन् । एमाले मदाने गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

कालिगण्डकी गाउँ कमिटीको अध्यक्षमा रामजी ढकाल निर्वाचित भएका छन् । मुसिकोट र रेसुंगा नगर कमिटीले पनि युवाकै नेतृत्व पाएको छ । मुसिकोटमा प्रकाश काफ्ले र रेसुंगामा हरिप्रसाद पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमाले गुल्मीले जिल्लाका ११ स्थानीय तहका कमिटीको अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र रेसुंगा नगरकमिटी, इस्मा, मदाने, मालिका, गुल्मी दरवार, छत्रकोट, रूरू क्षेत्र, सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँ कमिटीको अधिवेशन सकिएको छ ।

धुर्कोट गाउँपालिकामा शनिबार नेतृत्व चयनको प्रयास सुरु भएको छ । ११ स्थानीय तहमध्ये इस्मा गाउँ कमिटीको लागि निर्वाचन भएको छ । भने १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १ : १५ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा