जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति « Khabarhub

जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडौको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाढीपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नदीले जमिन कटाउन गर्दा जगन्नाथमा करोडौँको क्षति भएको छ ।

वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुदै आइरहेको कार्यलयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए ।

बेमौसमी बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहिले बताए । गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष साहिले वताएका छन् ।

२ कात्तिकमा अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ ।

अस्पताल समेत बगाउदा कार्तिक १ गते बाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ ।अस्पताल सञ्चालन गर्ने ठाँउ नभएपछि दुईसाता देखी उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ ।

उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टि जानु परेको छ । गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कुम्भराज जोशीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १ : २० बजे

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको