वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता « Khabarhub

वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ ।

कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो ।

गत हप्ता पनि यस क्षेत्रमा सफाइ गरिएको थियो । पशुपति क्षेत्रमुनिको नदी किनारमा आर्यघाटबाट झरेको बाँस, खटलगायत फोहरको थुप्रो भेटिएपछि आज पनि यस क्षेत्रमा सफाइ गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।

सफाइबाट तीन गाडी फोहर व्यवस्थापन गरिएको छ । एक गाडी फोहर काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरिसकेको छ । दुई गाडी फोहर भने नदी किनारमा थुपारिएको र महानगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले बताए । सफाइमा कलाकार शिव श्रेष्ठ, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो ।

आर्यघाटबाट निस्कने फोहर व्यवस्थापनका विषयमा समितिले पशुपति क्षेत्र विकास कोषसँग पनि बैठक गरिसकेको जनाइएको छ । कोषले त्यस क्षेत्रको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । पशुपति क्षेत्रलाई स्वच्छ बनाउन कोषले पनि असोज पहिलो सातादेखि स्वच्छ पशुपति अभियान सुरु गरेको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४११औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ । ‘जिरो वेष्ट, अल दि वेस्ट’ भन्ने नाराका साथ पछिल्लो समय सफाइ अभियानलाई निरन्तरता दिइएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर गाडिन्छ । नकुहिने फोहरमात्र यस क्षेत्रको सफाइबाट व्यवस्थापन गरिएको छ ।

मनोहरा सफाइ अभियानको २४१ औँ हप्तामा महानगरपालिकाको वडा नं ३२ स्थित शुभकामना मार्ग क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा त्यस क्षेत्रका ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि यसका सहायक नदी, उपत्यकाका चक्रपथलगायत सांस्कृतिक सम्पदा सफाइ अभियान पनि सुरु भएको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको जनाइएको छ । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘देश सेवाका लागि दुई घण्टा’ भन्ने नाराका साथ सफाइ अभियान हुने गरेको छ ।

महाअभियान सुरु भएपछि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक विपत्तिजस्ता प्रतिकूल परिस्थितिमा पनि अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिने गरेका छन् । विश्वमै सबैभन्दा लामो समय चलेको स्वयंसेवी अभियान भन्दै जापानको अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि वाग्मती सफाइ महाअभियान पुरस्कृत भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  २ : ४३ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन