उपेन्द्र यादवसँग पार्टी एकता गर्न प्रचण्ड आतुर « Khabarhub

उपेन्द्र यादवसँग पार्टी एकता गर्न प्रचण्ड आतुर


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका नेतालाई पार्टी एकताका लागि अपिल गरेका छन् ।

जसपाका नेता महेन्द्रराय यादवको गृहजिल्ला सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले भएको सत्ता गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्न आह्वान गरे ।

‘सर्लाहीका जनप्रतिनिधि महेन्द्र राय यादव मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु, क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुँदैन । एकीकृत हौ । महासागर बनौ । किन अलग अलग जाने ?’ उनले आह्वान गरे ।

अध्यक्ष प्रचण्डले महेन्द्रसँगै अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी एकता गर्न अपिल गरे । त्यसका लागि आफू जनकपुर आउन तयार रहेको उल्लेख गर्दै जनकपुरबाटै घोषणा गर्न प्रस्ताव गरे । ‘तपाईहरु ढिलो नगर्नुस् । हाम्रो पार्टीमा अधिकार र सम्मानमा कुनै कञ्जुस्याई गर्नेछैन । ढिलो नगरी पार्टी एकता गरौ । म जनकपुर आउँछु । त्यहीँबाट घोषणा गरौं,’ उनले भने ।

उनले पार्टी एकता भए मधेसमा लहर आउने पनि बताए । ‘अब एकता नगर्ने हो भने भीरमा जानेलाई राम राम भन्न सकिन्छ । काँध थाप्न सकिँदैन । अब मधेसी जनता झुक्किने दिन गयो । कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने सक्ने छैन,’ उनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : १७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी