जसपासँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव | Khabarhub Khabarhub

जसपासँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका नेतालाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।

जसपाका नेता महेन्द्रराय यादवको गृहजिल्ला सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले भएको सत्ता गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्न आह्वान गरे ।

‘सर्लाहीका जनप्रतिनिधि महेन्द्र राय यादव मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु, क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुँदैन । एकीकृत हौ । महासागर बनौ । किन अलग अलग जाने ?’ उनले भने ।

अध्यक्ष प्रचण्डले महेन्द्रसँगै अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी एकता गर्न अपील गरे । त्यसका लागि आफू जनकपुर आउन तयार रहेको उल्लेख गर्दै जनकपुरबाटै घोषणा गर्न प्रस्ताव गरे । ‘तपाईहरु ढिलो नगर्नुस् । हाम्रो पार्टीमा अधिकार र सम्मानमा कुनै कञ्जुस्याई गर्नेछैन । ढिलो नगरी पार्टी एकता गरौ । म जनकपुर आउँछु । त्यहीँबाट घोषणा गरौं,’ उनले भने ।

उनले पार्टी एकता भए मधेसमा लहर आउने पनि बताए । ‘अब एकता नगर्ने हो भने भीरमा जानेलाई राम राम भन्न सकिन्छ । काँध थाप्न सकिँदैन । अब मधेसी जनता झुक्किने दिन गयो । कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने सक्ने छैन,’ उनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

‘आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ’ 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र

रुपन्देहीमा तीन दिनको बयानपछि रविलाई कास्की फर्काउने तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार

२२ किलो अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१५ भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट अवैध

संघीय मन्त्री नै ‘अटेरी ठेकेदार’ : सडक विस्तार थाल्न कर्णाली सरकारको अल्टिमेटम

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको संघीय सरकारका ऊर्जा, जलस्रोत तथा

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

एजेन्सी– इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका