जसपासँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव « Khabarhub

जसपासँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका नेतालाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।

जसपाका नेता महेन्द्रराय यादवको गृहजिल्ला सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले भएको सत्ता गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्न आह्वान गरे ।

‘सर्लाहीका जनप्रतिनिधि महेन्द्र राय यादव मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु, क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुँदैन । एकीकृत हौ । महासागर बनौ । किन अलग अलग जाने ?’ उनले भने ।

अध्यक्ष प्रचण्डले महेन्द्रसँगै अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी एकता गर्न अपील गरे । त्यसका लागि आफू जनकपुर आउन तयार रहेको उल्लेख गर्दै जनकपुरबाटै घोषणा गर्न प्रस्ताव गरे । ‘तपाईहरु ढिलो नगर्नुस् । हाम्रो पार्टीमा अधिकार र सम्मानमा कुनै कञ्जुस्याई गर्नेछैन । ढिलो नगरी पार्टी एकता गरौ । म जनकपुर आउँछु । त्यहीँबाट घोषणा गरौं,’ उनले भने ।

उनले पार्टी एकता भए मधेसमा लहर आउने पनि बताए । ‘अब एकता नगर्ने हो भने भीरमा जानेलाई राम राम भन्न सकिन्छ । काँध थाप्न सकिँदैन । अब मधेसी जनता झुक्किने दिन गयो । कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने सक्ने छैन,’ उनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका

लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा सधैँलाई अस्ताए

काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः

मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)

सिराहा– प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा  दुःख

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने