नेपाल आइपुगे अल्मुताइरी « Khabarhub

नेपाल आइपुगे अल्मुताइरी


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् ।

गत बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ उनले लेखेका थिए ।

अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे ।

अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए । त्यसयता उनी पहिलो पटक नेपाल आएका हुन्।

यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : १३ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको