कांग्रेस महाधिवेशन : बागलुङको सभापतिमा शेरचन विजयी « Khabarhub

कांग्रेस महाधिवेशन : बागलुङको सभापतिमा शेरचन विजयी


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन्। कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो ।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भए । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भए। शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भएका छन्। खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरे ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ०० बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो