माओवादी केन्द्रको अधिवेशन : जाजरकोटका चार पालिकामा नेतृत्व चयन « Khabarhub

माओवादी केन्द्रको अधिवेशन : जाजरकोटका चार पालिकामा नेतृत्व चयन


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ ।

नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सकिएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ ।

नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, जसको उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् ।

बारेकोट गाउँ कमिटी अध्यक्षमा हरीबहादुर थापा चयन भएका छन् । उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ ।

कुशे गाउँपालिकामा अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सहसचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ०६ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट