एमाले महाधिवेशन : ओलीपक्षले उम्मेदवारको सूची बाँडेकोमा रावलको आपत्ति « Khabarhub

एमाले महाधिवेशन : ओलीपक्षले उम्मेदवारको सूची बाँडेकोमा रावलको आपत्ति


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाएका छन् ।

आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।’

निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गरेका थिए।

रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका थिए ।

शंकर पोखरेल भन्छन्-आचारसंहिताविपरीत छैन

एमाले महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् ।

पार्टीको १० महाधिवेशन स्थल चितजनमा आज बिहान पत्रकारहरुसँग पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ५७ बजे

मनाङमा एमाले र राप्रपाले फिर्ता लिए उम्मेदवारी, कांग्रेसलाई समर्थन

मनाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष

कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा