पोखरामा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते « Khabarhub

पोखरामा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बागलुङका शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा, पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए ।

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ०३ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो