बलिउडको प्रश्न–अनुराग कश्यप कहाँ छन् ? | Khabarhub Khabarhub

बलिउडको प्रश्न–अनुराग कश्यप कहाँ छन् ?


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– बलिउडमा हालका दिनमा जोकोही फिल्मकर्मी, कलाकार या प्राविधिकको एउटै प्रश्न छ, ‘अनुराग कश्यप कहाँ छन् ?’ अनुरागसँग काम गर्ने व्यक्तिहरु उनको अवस्था के भन्ने बारे अन्योलमा छन् ।

उनीसँग लामो समयदेखि जोडिएका फिल्मकर्मीहरुका अनुसार उनको निजी जीवन हालको अवस्थामा ठिक रुपले चल्न सकेको छैन । कुनै समय सामाजिक सञ्जालमा सक्रिय रहने बलिउडका ‘क्रान्तिकारी फिल्ममेकर’ अनुरागले अन्तिम ट्वीट नोभेम्बर ११ मा गरेका थिए ।

समाचारअनुसार कुनै समय ‘ग्याङ अफ वासेपुर’ बनाउदा अनुराग आरामनगरमा बस्ने गरेका थिए । आराम नगर वान र आराम नगर २ त्यो ठाएँ हो जहाँ हिन्दी फिल्ममा काम गर्न पाउने आशालो मुम्बई आउने जोकोही व्यक्ति यो स्थानमा बस्ने गर्दछन् ।

करिब ३ सय हेक्टरमा फैलिएको यो इलाकामा कुनै समय शरणार्थी शिविर थियो । अहिले यहाँ हरेक गल्लीमा फिल्ममेकिङको कुनै न कुनै पसल छ । यो स्थानमा पनि अहिले ‘अनुराग कश्यप कहाँ छन् ?’ भन्ने चर्चा चल्न थालेको छ ।

अनुरागको यो पुरानो ठेगानमा अहिले सन्नाटा छाएको छ । यो त्यही स्थानमा हो, जहाँ अनुराग, विक्रमादित्य मोटवानी, विकास बहल र मधु मन्टेनाको कम्पनी फेन्टमको बारेमा सबै निर्णय हुन्थ्यो । यहाँ बस्ने स्थानीयका अनुसार अनुरागले वर्सोवामा रहेको आफ्नो घरलाई छोडेर अँधेरी पश्चिमको ओशिवारामा बनेको एक भव्य दुई तले घर किनेका छन् ।

अनुरागको स्वास्थ्यलाई लिएर उनी आफैंले स्टेन्ट लगाउने कुरा गरेपछि सबैजना अचम्मित भएका थिए । मानिसहरुलाई अनुराग केही आराम गरेपछि फिल्ममा फर्किने आशा थियो । उनले अभिनेत्री तापसी पन्नुका साथ शुरु भएको फिल्म ‘दो बारा’ गत मार्चमा नै पुरा गरेका थिए । तर अहिले यो फिल्मको अवस्था के छ कसैलाई थाहा छैन ।

गोरखपुर, उत्तर प्रदेशमा सन् १९७२ सेप्टेम्बर १० मा जन्मिएका अनुराग सुरुवाती समयदेखि नै बागी शैलीका मानिस थिए । रामगोपाल बर्माको छत्रछायामा रहेर फिल्म सिकेका अनुरागले एक कार्यक्रममा रामगोपाललाई विगतको मान्छेका रुपमा सम्बोधन गरेका थिए । उनलाई मनपराउने युवावर्गको ठूलो जमात छ ।

अनुरागका नजिकका आफन्तले उनी मुम्बईबाहिर कुनै अज्ञात स्थानमा दिन बिताइरहेको बताएका छन् । उनी किन अज्ञात स्थानमा गए भन्ने स्वयं आफन्तलाई पनि थाहा छैन ।

अनुरागकी छोरी हालका दिनमा फ्रान्समा छिन् । अनुरागसँग कसैको सम्पर्क हुन सकेको छैन । उनको मोबाइल स्वीचअफ छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ३० बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।