राहतको पर्खाइमा बाँकेका किसान « Khabarhub

राहतको पर्खाइमा बाँकेका किसान


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् ।

उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाईदिएका छन् ।

पानीले डुबाएर धानसँगै परालसमेत गाईवस्तुले खान नमिल्ने अवस्थाको भएपछि खेतमै जलाइदिएको जानकी गाउँपालिका–५ बेलहरीका किसान रमेश बर्माले जानकारी दिए ।

उनका अनुसार कुहिएको पराल घरमा ल्याउने कष्ट नगरी खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाइमा धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् ।

बेमौसमी वर्षात्का कारण धानबालीमा क्षति भएका कारण राहतका लागि क्षतिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा किसानले बुझाएका छन् । तर अहिलेसम्म राहत नपाउँदा किसान निरास हुँदै गएका छन् ।

गत कात्तिक पहिलो साता केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठूलो क्षति पुर्‍याएको थियो । किसानको वर्षभरि खाने धानबाली नष्ट हुँदा सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिका लागि अहिलेसम्म खासै केही गर्न नसकेको खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिए ।

सरकारले किसानलाई राहतका लागि मापदण्ड बनाएर प्रक्रिया अघि बढाएको सुनिए पनि अहिलेसम्म पीडित किसानले केही नपाएको उनको भनाइ छ ।

बेमौसमी वर्षाले जिल्लामा २० हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धानमा क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार पीडित किसानलाई राहतका लागि अहिलेसम्म कागजात मिलाउने काम भइरहेको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । यो तथ्याङ्क हेर्दा आधा बढी धानबालीमा क्षति पुगेको छ ।

यो क्षति रु एक अर्ब ९७ करोड बराबर हुन्छ । यस वर्ष समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो ।

धानबालीमा आत्मनिर्भर रहेका जिल्लामा कात्तिकको पहिलो साता परेको अविरल वर्षाले ठूलो नोक्सानी पु¥याएको छ । कृषि ज्ञान केन्द्रले धानको क्षति एकिन गरे पनि परालको क्षति सङ्कलन नै गरेको छैन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १२ : २६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ