राप्रपा अध्यक्षमा लिङ्देनको समर्थनमा लोहनीको ७ बुँदे अपील « Khabarhub

राप्रपा अध्यक्षमा लिङ्देनको समर्थनमा लोहनीको ७ बुँदे अपील


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

बुधबार शुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्ष लिङ्देन र कमल थापाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर जबरामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन् । तर, जबराले मौन बसेका छन् ।

काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गरेका हुन् । नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन् ।

लोहनीको ७ बुँदे अपील :

 १. केही महिना अगाडि मैले रा.प्र.पा को नेतृत्व सहमतिमा पुग्नुपर्छ भन्ने भनाइ राखेको थिएँ । तर यो सम्भव नभए नयाँ पुस्तालाई दिन पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट व्यक्त गरेको थिएँ । सोही धारणा अनुरुप रा.प्र.पा को नया नेतृत्वमा रा.प्र.पाका पर्व महामन्त्री तथा माननिय श्री राजेन्द्र लिङ्गदेनको पक्षमा म उभिएको छ । रा.प्र.पामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो ।

 २. म अन्य दुई मेरा मित्र अध्यक्षहरूलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नया नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।

 ३. संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति रा.प्र.पा प्रतिबद्ध छ । रा.प्र.पाका कार्यकर्ताहरू देश भक्त छन् र सवै नेपालीको समृद्धिको लागि प्रतिवद्ध छन् । यो प्रतिवद्धतालाई मुल आदर्शको रूपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।

 ४. मेचीदेखि महाकाली देशको सबै क्षेत्र र कुनाकुनाबाट महाधिवेसनमा सहभागी हुन आउनु भएका प्रतिनिधि साथीहरू पार्टीको सर्वोच्च हुनुहुन्छ । तपाईंहरूको विवेक र निर्णयले पार्टीको भविश्य निर्धारण गर्नेछ । यस परिवेशमा मेरो अनुरोध स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

 ५. पार्टीको माहाधिवेशनबाट जे निर्णय हुन्छ, त्यो हामी सबैको लागि शिरोधार्य हुनु पर्दछ, यही प्रजातान्त्रिक विधि र पद्धती हो र पार्टीलाई एकताबद्ध राजनैतिक शक्तिको रूपमा स्थापना गर्ने मुलमन्त्र हो।

 ६. साथीहरू, म विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि रा.प्र.पाप्रति समर्पित रहनेछ र तपाईंहरूसँग काधमाकाध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछ ।

 ७. अन्तमा रा.प्र.पा को अध्यक्ष को हैसियतले विगत दई वर्ष जति काम गर्दा मप्रति सहयोग र सद्भाव राख्ने तथा मेरो गल्ती कमजोरी देखाइ आलोचना गर्ने लगायत सबै मित्रहरूमा धन्यवाद व्यक्त गर्दछ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १२ : ५४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल