एमाले महाधिवेशन : उपाध्यक्ष र सचिवमा ओलीको सूचीका सबै उम्मेदवार विजयी « Khabarhub

एमाले महाधिवेशन : उपाध्यक्ष र सचिवमा ओलीको सूचीका सबै उम्मेदवार विजयी

भुसाल, आचार्य र कार्की पराजित


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको जारी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । पदाधिकारी पनि ओलीले प्रस्ताव गरेको सूचीका उम्मेदवारहरुमात्र विजयी भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ मत, सुरेन्द्र पाण्डे १९२५ मत, सुवास नेम्वाङ १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवाली १८४२ मत र रामबहादुर थापा १७६८ मत ल्याएर विजयी भए । यी ६ जना नै उपाध्यक्षहरु ओलीले बन्दसत्रमा प्रस्ताव गरेका नेताहरु हुन् ।

ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए । उनले ७२५ मत प्राप्त गरे ।

यस्तै सचिवमा पनि ओलीले प्रस्ताव गरेकामात्र विजयी भएका छन् । सचिव पदमा गोकर्ण विष्ट १९७६ मत, योगेश भट्टराई १९६४ मत, पद्मा अर्याल १८०० मत, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत र रघुविर महासेठ १५१३ मत ल्याएर विजयी भए ।

ओलीको सूचीबाहेक उम्मेदवार बनेका भीम आचार्य १३०० मत र टंक कार्की ५०० मत ल्याएर पराजित भए ।

ओली भीम रावललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिबमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ४५ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।